शिक्षा

कोभिड संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न दिन सुझाव

इकागज |
माघ २१, २०७८ शुक्रबार १८:३ बजे

काठमाडौँ : स्थानीय तहका जनप्रतिनिधिले कोभिड संक्रमणमा विद्यालय सञ्चालन गर्ने पूरा अधिकार स्थानीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको विद्यालय सञ्चालनबारेको छलफलमा स्थानीय तहका जनप्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले संक्रमणको अवस्था हेरि स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको बताए । संघीय सरकारले संक्रमणको अवस्था राम्रोसँग ख्याल नगरि विद्यालय बन्द गर्दा गाउँघरका विद्यालयमा ठूलो असर परेको उनले बताए ।


पछिल्लो समय संक्रमणभन्दा त्रासकै कारण विद्यालय बन्द गर्दा यसको सिधा असर दूरदराजका विद्यालयमा परेका छन् । 


Author

थप समाचार
x