ओलीको गृहनगर दमकमा एमालेकी उम्मेदवार अधिकारी ८ सय ६९ मतले पछाडि
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदमा एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारी ८ सय ६९ मतले पछाडि परेकी छिन् । उनले ६ हजार ६ सय ८४ मत ल्याउँदा राप्रपाका उम्मेदवार रामकुमार थापाले ७ हजार ५ सय ५३ मत पाएका छन् । थापा गठबन्धनका उम्मेदवार हुन् ।
उपमेयरमा भने एमालेकै अग्रता छ । एमालेका अम्बिकाप्रसाद खनालले ७ हजार ५ सय ९२ मत ल्याएका छन् । गठबन्धनबाट उपमेयरकी उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईले ७ हजार २ सय ३१ मत ल्याएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया