इलाम नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसको अग्रता
काठमाडौं–इलाम नगरपालिका मेयर र उपमेयर दुवै पदमा कांग्रेसले अग्रता कायम गरेको छ । मेयर पदमा कांग्रेसका उम्मेदवार केदार थापा ९ हजार ७ सय ५७ मत ल्याएर पहिलो स्थानमा छन् । उनका प्रतिस्पर्धी एमालेका धिरेनकुमार चेम्जोङले ८ हजार ४ सय ३८ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसकी विष्णुकुमारी लिम्बुले अग्रता बनाएकी छिन् । उनले हाल सम्मको गणनामा १० हजार ५५ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी सीतादेवी रिजालले ८ हजार १ सय ३३ मत ल्याएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया