स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनु-विजयको कति छ मतान्तर ?

इकागज |
जेठ ३, २०७९ मंगलबार १३:१४ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । १८ हजार ६ सय ८३ मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले ६ हजार २ सय ४९ मत प्राप्त गरेकी छिन् । उनी सुवेदीभन्दा १०९ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार १ सय ४० मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ३ हजार ३८ मत ल्याएका हुन् ।


नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ६ सय ११ र राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत ल्याएकी छिन् ।


Author

थप समाचार
x