स्थानीय तह निर्वाचन २०७९

बर्दिबासमा स्वतन्त्र उम्मेदवार अगाडि

इकागज |
जेठ ३, २०७९ मंगलबार १३:२२ बजे

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्रीले ५१५३ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले पछ्याइरहेका छन् ।  खड्काले २३०५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार टेक बहादुर बलम्पाकीले १४८७ मत प्राप्त गरेका छन् ।


उपप्रमुखमा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता रहेको छ । उपप्रमुखमा तारा देवीले ३५५४ मत प्राप्त गरेकी छन् । माओवादीकी कृष्ण माया गौतमले २१०० तथा एमालेकी दुर्गा कुमारी दाहालले २००० मत प्राप्त गरेकी छन् ।


Author

थप समाचार
x