स्थानीय तह निर्वाचन २०७९

पोखरामा धनराज १३ सय ९१ मतले अगाडि

इकागज |
जेठ ३, २०७९ मंगलबार १३:२६ बजे

काठमाडौँ– पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ९ हजार १ सय ६५ मत प्राप्त गरेका छन् । 


उनका प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार ७ सय ७४ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका शंकर खराल १ हजार ६१ मत ल्याएर तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले हालसम्म ५ सय ४३ मत प्राप्त गरेका छन् । ​​



उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट ९ हजार ४ सय ६१ मत ल्याएर अग्र स्थानमा छिन् । एमालेकी मन्जुदेवी गुरुङले भने ८ हजार ८ सय ३१ मत प्राप्त गरेकी छिन् ।  
 


Author

थप समाचार
x