स्थानीय तह निर्वाचन २०७९

पोखरामा मतान्तर बढाउँदै धनराज

इकागज |
जेठ ३, २०७९ मंगलबार १४:४३ बजे

फाइल फोटो

पोखरा - पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यले १ हजार ४ सय ४८ मतान्तर बनाएका छन् । 

सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर बढाएका हुन् ।
 
मंगलबार दिउँसोसम्म २२ हजार ४ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ४ सय २ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । 


उनलाई एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत ल्याएर पछ्याईरहेका छन् । 

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ८१ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ६ सय ३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले ९ हजार ६ सय ७९ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ९ हजार ४० मत ल्याएर पछ्याईरहेकी छन् ।

 राप्रपाकी रञ्जना सेनले ९ सय ३३ मत प्राप्त गरेकी छन् ।
 


Author

थप समाचार
x