पोखरामा आचार्यको अग्रता कायमै, एमालेका थापाभन्दा १५ सय बढी मतले अगाडि
पोखरा– पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई अझ फराकिलो बनाउँदै लगेका छन् । कुल २४ हजार २६० मतगणना हुँदा आचार्यले १० हजार १५७ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ८ हजार ६०० मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालले १ हजार १३१ मत प्राप्त गरेका छन् । त्यस्तै, मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका ‘अटेरी’ अभियानका गनेस पौडेलले ५ सय ८६ मत प्राप्त गर्दै चौथो स्थानमा छन् ।
उपमेयरमा पनि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले १० हजार ५२१ मत प्राप्त आफ्नो अग्रता कायम गरिरहेकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी मञ्जु गुरुङले ९ हजार ९७६६ मत प्राप्त उनको पछिपछि छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा एमाले विजयी भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया