धनुषाको विदेह नगरपालिकामा एमाले विजयी
जनकपुरधाम - धनुषाको विदेह नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) विजयी भएको छ । मेयरमा बेचन दास र उपमेयरमा आशा देवी झा निर्वाचित भएकी हुन् ।
एमालेका दासले ४ हजार ४ सय १२ मत ल्याए विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एकिकृत समाजवादी)का राजकिशोर यादव (रोहिता) ले ३ हजार ४ सय २६ मत ल्याएका थिए ।
त्यसैगरी उपमेयरमा एमालेबाट आशादेवी झाले ४ हजार ६ सय ५९ मत प्राप्त गरेर विजयी भएकी छिन् भने उनका निकटतम् प्रतिद्वन्दी सञ्जना अधिकारीले २ हजार ८ सय २७ मतमै सीमित भइन् ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा दास नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । तर नेकपाबाट माओवादी अलगिएपछि दासले एमाले रोजेका थिए ।
एकिकृत समाजवादीका राजकिशोर यादव (रोहिता) र सञ्जना अधिकारीले एमालेका बेचन दास र आशादेवी झालाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया