धनगढीमा ‘आँप’कै वर्चस्व, स्वतन्त्र उम्मेदवार हमाल फराकिलो बनाउँदै मतान्तर
काठमाडौं– धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफ्नो अग्रता अझै फराकिलो बनाउँदै लगेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८ सय ७१ मत पाएका छन् ।
हमाल वडभन्दा ३ हजार ९ सय ४५ अगाडि छन् । नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९ सय २१ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४ सय १६, एमालेकी चन्द्रकला रानाले ३ हजार ३ सय ७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया