स्थानीय तह निर्वाचन २०७९

धादिङ धुनिबेंसी मेयरमा समाजवादीका उम्मेदवार वालकृष्ण आचार्य निर्वाचित

इकागज |
जेठ ३, २०७९ मंगलबार १८:२८ बजे

काठमाडौँ - धादिङको धुनीबेंसी नगरपालिका नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् । साझा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका वालकृष्ण आचार्य ८ हजार ७ सय ६ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामराजा पाण्डेले ६ हजार ५ सय ९२ मत पाएका छन्। 

उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले ८ हजार ३ सय ८७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेकी मन्दीरा श्रेष्ठ​ले ६ हजार ४ सय ७० मत पाएकी छिन् । 


२०७४ को स्थानीय निर्वाचनमा पनि आचार्य एमालेका तर्फबाट नगर प्रमुखमा विजयी भएका थिए ।


Author

थप समाचार
x