स्थानीय तह निर्वाचन २०७९

गठबन्धन सफल भएन, कांग्रेस-माओवादीले सेटिङ गरेर लाभ लिए : बाबुराम भट्टराई

इकागज |
जेठ ३, २०७९ मंगलबार १८:४४ बजे

फाइल तस्‍बिर

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाएका छन् । आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताए । 

मंगलबारको संसद् बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताए । 


‘जुन अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरूलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरूले अलिकति सेटिङ गर्नुभयो र केही लाभ भयो,' उनले भने, 'तर त्यो पनि उहाँहरू आपसमा तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन । त्यस अर्थमा पनि स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने मेरो राय हो । त्यसमा म अहिले पनि दृढ छ ।’


Author

थप समाचार
x