स्थानीय तह निर्वाचन २०७९

निर्वाचनमा धाँधली भयो, निर्वाचन आयोग मूकदर्शक भएर बसेको छ :  लक्ष्मणलाल कर्ण

इकागज |
जेठ ३, २०७९ मंगलबार १८:५१ बजे

फाइल तस्‍बिर

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । मंगलबारको संसद् बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै सांसद कर्णले निर्वाचनमा धाँधली हुँदा समेत निर्वाचन आयोग मूकदर्शक भएर बसेको आरोप लगाए । 

निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन नसकेको उनले जिकिर गरे । ‘गठबन्धनको चुनावले गर्दा यति धाँधली भएको छ । निर्वाचन आयोग मूकदर्शक भएर बसेको छ,' उनले भने , 'यो सम्पूर्ण कारणले तलमाथि परिणाम त परि नै राखेको छ । निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित देखिएन ।’


उनले निर्वाचनमा पैसाको व्यापक प्रभाव परेको पनि बताए । 


Author

थप समाचार
x