मोरङको कानेपोखरीमा एमाले निर्वाचित
विराटनगर - मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । मंगलबार साँझ ७ बजे सम्पन्न मतगणनाको परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमति इङ्नाम र उपाध्यक्षमा भोला प्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले बताए ।
अध्यक्षमा निर्वाचित इङ्नामले ८ हजार ९७५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संजय भट्टराईले ६ हजार ४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा निर्वाचित अधिकारीले ९ हजार ५७० प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले ७ हजार ८१८ मत प्राप्त गरेकी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया