स्थानीय तह निर्वाचन २०७९

पोखरमा आचार्यको अग्रता कायमै, थापाभन्दा १७५० मतले अगाडि

इकागज |
जेठ ३, २०७९ मंगलबार २०:५४ बजे

कास्की - पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादी धनराज आचार्यले अग्रता कायमै राखेका छन् । २८ हजार १६० मत गन्दा उनले ११ हजार ८१२ मत प्राप्त गरेका छन् । उनलाई एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् । उनले दश हजार ६२ मत पाएका छन् । थापा आचार्यभन्दा १७५० मतान्तरले पछाडि छन् । 

उपमेयरमा काँग्रेसका कोपिला रानाभाटले १२ हजार १३० मत ल्याउदा एमालेकी मञ्जु गुरुङले ११ हजार मत ल्याएकी छन् । 



Author

थप समाचार
x