बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी
फाइल फोटो
बर्दिया - बर्दियाको राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेसका प्रमुख पदका दीपकजङ्ग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी भएका छन् ।
नौ हजार ८०७ मत प्राप्त गरी थारू विजयी भएका हुन् । नेपाली कांग्रेस दीपकजङ्ग शाहले नौ हजार ७६० मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम नेपाली कांग्रेस यशोदा थारूले १० हजार ४५ मत प्राप्त गरिन् । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया