स्थानीय तह निर्वाचन २०७९

काठमाडौंमा राप्रपाको उदय : शंखरापुर नगरपालिकामा रमेश नापित विजयी

तीनवटा वडा समेत जित्न सफल

इकागज |
जेठ ३, २०७९ मंगलबार २२:१५ बजे

काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा रमेश नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले चार हजार ७०० मत ल्याउँदा समाजवादीका उमेदवारले चार हजार २ मत ल्याए ।

त्यसैगरी उपमेयरमा गठबन्धन एवं कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठ निर्वाचत भएकी छिन् । उनले राप्रपाकी विजयकुमारी वाइबालाई पराजित गरेका हुन् । श्रेष्ठले ६३६२ र वाइबाले ३२९८ मत प्राप्त गरेका छन् । शंखरापुरमा कांग्रेस र समाजवादीले गठबन्धन गरेका हुन ।


०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो । 

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।


Author

थप समाचार
x