स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

काठमाडौँमा बालेनको ११ हजार ६ सय ४२ मत, अरु कसले कति ल्याए ?

इकागज |
जेठ ३, २०७९ मंगलबार २२:२९ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको स्थानीय तहको नतिजा रोचक बन्दै गएको छ । महानगरको २,३,४,५, ६, २९,३०,३१ र ३२ को मत गणना भइरहेको छ ।

महानगरको मेयरको मत परिणाममा बालेन साहले अग्रता कायम राखेका छन् ।


महानगरको निर्वाचन कार्यालयको राति सवा दश बजेको मत परिणामअनुसार स्वतन्त्र तर्फका उम्मेदवार साहले ११ हजार ६ सय ४२ मत ल्याएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित ६ हजार ४ सय ६७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार ६ सय ४२ ल्याएकी छन् ।

 


Author

थप समाचार
x