स्थानीय तह निर्वाचन २०७९

रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेसका नवराज ढकाल विजयी

इकागज |
जेठ ३, २०७९ मंगलबार २२:५५ बजे

बुटवल - रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये मतगणना सकिएको यो पहिलो हो ।

गाउँपालिका अध्यक्षमा नवराज ढकालले एमालेका दिनानाथ आचार्यलाई १४३९ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले ७ हजार ४सय ९९ मत पाएर निर्वाचित हुदा आचार्यले ६०६० मत पाएका छन् ।


२०७४ को चुनावमा यो पालिका एमालेले जितेको थियो । यसपटक कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरे अनुसार पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा विजयी भइन् ।

मौसमी रुख चिन्हबाटै लडेकी थिइन् । उनले नेकपा एमालेकी ओमकली राहाडी मगरलाई ६४६ मत अन्तरले पराजित गरेकी हुन् ।

थापाले ७६११ मत पाउँदा राहाडीले ५९६५ मत पाएकी छन् । ५ वटा वडा रहेको कञ्चनमा वडा नंं १ र ५ एमालेले तथा २,३ र ४ नेपाली कांग्रेसले जितेको छ ।


Author

थप समाचार
x