स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेणुले बढाउँदै मतान्तर, ६०१ मतले अगाडि

इकागज |
जेठ ३, २०७९ मंगलबार २३:५ बजे

चितवन - भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २२ हजार ६ सय ८६ मत गणना हुँदा दाहालले सात हजार ८५७ मत ल्याएकी छन् ।

उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले सात हजार २५६ मत ल्याएका छन् । उनी दाहालभन्दा ६ सय १ मतले पछाडि छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार हजार ७३९ मत ल्याएका छन् । 


उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले नौ हजार ४ सय ७९ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार मत ल्याएकी छन् । 

 


Author

थप समाचार
x