स्थानीय तह निर्वाचन २०७९

३७७ पालिकाको अन्तिम नतिजा सार्वजनिक,  कांग्रेस अग्र स्थानमा, अरु कसले कति जिते ?

इकागज |
जेठ ३, २०७९ मंगलबार २३:३५ बजे

काठमाडौँ - देशभरका विभिन्न पालिकामा मतगणना जारी छ । कतिपयको अन्तिम नतिजा आइसकेको छ । हालसम्म मत परिणाम सार्वजनिक भएका पालिकाहरूमा नेपाली कांग्रेसले सबैभन्दा बढी जितेको छ । 

कांग्रेसले हालसम्म परिणाम सार्वजनिक भएका पालिकामध्ये १६९ पालिकामा जित हात पारेको छ भने १३९ पालिकामा अगाडि छ । कांग्रेसले १६८ पालिकामा उपप्रमुख जितेको छ भने ११५ पालिकामा अग्र स्थानमा छ । 


दोस्रोमा नेकपा एमाले छ । एमालेले हालसम्म १०९ पालिका प्रमुख जितेको छ भने ९० पालिकामा अगाडि छ ।  १०७ पालिकामा उपप्रमुख जितेको एमाले १२६ पालिकामा अग्र स्थानमा छ । 

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ७९ पालिका प्रमुख जितेको छ भने ३६ पालिकामा अग्र स्थानमा छ । ८२ पालिका उपप्रमुख जितेको माओवादी ४२ पालिकामा अगाडि छ । 

नेकपा समाजवादीले हालसम्म पाँच पालिकामा प्रमुख जित्दा १७ पालिकामा अग्रता बनाएको छ । १२ पालिकामा उपप्रमुख जितेको समाजवादीले ११ पालिकामा अगाडि छ । 

जनता समाजवादीले चार पालिका प्रमुख जित्दा ३० पालिकामा अग्रता बनाएको छ । लोसपाले एक पनि पालिका जितेको छैन । 

११ पालिकामा भने माथि उल्लेखित दलभन्दा अन्य उम्मेदवारले जितेका छन् भने १२ पालिकामा अग्रता बनाएका छन् । 


Author

थप समाचार
x