भरतपुरमा रेणुले बढाइन् मतान्तर, ७०२ मतले विजयभन्दा अगाडि
चितवन - भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २३ हजार ८५ मत गणना हुँदा दाहालले ८ हजार ४२ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७ हजार ३ सय ३८ मत ल्याएका छन् । उनी दाहालभन्दा ७ सय २ मतले पछाडि छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७ सय ३८ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६ सय ९७ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार ३४ मत ल्याएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया