स्थानीय तह निर्वाचन २०७९

कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेकी राजमति विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार ०:४६ बजे

काठमाडौँ- मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा विजयी भएकी छन् । एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गरेकी हुन् ।

राजमतिले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी भएकी छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


गाउँपालिका उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङ्ले ७ हजार ८ सय १८ मत प्राप्त गरिन् ।

गाउँपालिकाका ७ वटा वडामध्ये कांग्रेसले २ र एमालेले ५ वटा वडाध्यक्षमा विजयी हात पारेका छन् । वडा १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, वडा २ मा एमालेका शुशिल बुढाथोकीले १ हजार ८ सय ६४, वडा ३ मा एमालेका गोपालबहादुर कार्कीले ७ सय ७५, वडा ४ मा कांग्रेसका रमेश राउतले १ हजार ३ सय १४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

यस्तै, वडा ५ मा एमालेका चरण गुरुङले १ हजार ६ सय २७, वडा ६ मा एमालेका खडगबहादुर बस्नेतले १ हजार ७ सय ४६ र वडा ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार २ सय २८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नायकले बताए ।

 


Author

थप समाचार
x