स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

६ महानगरमा एमालेको दुर्गति: पाँचमा गठबन्धन अगाडि, काठमाडौँमा स्वतन्त्रको वर्चश्व

दुईमा कांग्रेस अगाडि, तीन महानगरमा माओवादी, जसपा र नेकपा एसको अग्रता

इकागज |
जेठ ४, २०७९ बुधबार ५:३१ बजे

काठमाडौँ - विभिन्न पालिकाको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार ६ महानगरमध्ये दुईमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् । 

अन्य तीन महानगरमा माओवादी, नेकपा समाजवादी र जसपा अगाडि छन् । एकमा भने स्वतन्त्र उम्मेदवारले वर्चश्व कायम गरेका छन् । ६ महानगरमा एमाले भने पछि परेको छ । 


बुधबार बिहान पाँच बजे प्राप्त विवरणअनुसार काठमाडौं महानगरपालिका बालेन्द्र साहले अग्रता बनाएका छन् ।  उनले १३७६१ मत प्राप्त गरेका छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । उनले ७३७७ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का धनराज आचार्य अग्र स्थानमा छन् । उनले १२९४५ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का कृष्णबहादुर थापाले १११५० मत ल्याएका छन् । 

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेनु दाहालको अग्रता कायमै छ । उनले ८२६९ मत प्राप्त गरेकी छन् । 
उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीले ७४४८ मत ल्याएका छन् । 

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन फराकिलो अन्तरले अग्र स्थानमा छन् । उनले ९८९३ मत पाएका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ४३७८ मतका साथ पछ्याइरहेका छन् । 

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल राजेशमान सिंह ९७६८ मतका साथ अग्र स्थानमा छन् । विजयकुमार सरावगी ४२८६ मतका साथ दोस्रोमा छन् । 

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला ११६९९ मतक साथ अग्र स्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सागरकुमार थापा ८६५० मतका साथ दोस्रोमा छन् । 


Author

थप समाचार
x