स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा एक हजार बढी मतान्तरले रेनुको अग्रता

इकागज |
जेठ ४, २०७९ बुधबार ५:४४ बजे

चितवन - भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २५ हजार ३ सय ५८ मत गणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएकी छन् ।

उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७ हजार ८ सय ९२ मत ल्याएका छन् । उनी दाहालभन्दा १ हजार १ सय १९ मतले पछाडि छन् ।


अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १ सय १२ मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७ सय ७४ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार ४ सय ५४ मत ल्याएकी छन् । 


Author

थप समाचार
x