स्थानीय तह निर्वाचन २०७९

लेकबेंसीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार ५:४७ बजे

काठमाडौँ- सुर्खेतको लेकबेंसी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्म्देवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार उमेशकुमार पौडेल नेकपा एमालेका देवबहादुर रानालाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । पौडेलले ६ हजार ६३९ मत पाए भने रानाले ६ हजार ३७४ मत प्राप्त गरे । पौडेल यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा पराजित भएका थिए ।

उपप्रमुखमा भने एमालेका विमला खडलुक विजयी भएकी छन् । उनले ६ हजार १०९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की देउकली थापा मगरले ५ हजार ४४० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।



Author

थप समाचार
x