स्थानीय तह निर्वाचन २०७९

ओलीको गृहनगर दमकमा कडा प्रतिस्पर्धा, यस्तो छ पछिल्लो मत परिणाम

इकागज |
जेठ ४, २०७९ बुधबार ७:४१ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका लागि राप्रपा र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । हालसम्मको मत परिणाम अनुसार राप्रपाका उम्मेदवार रामकुमार थापाले १० हजार ६४ मत ल्याएका छन् भने  एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १० हजार ४९ मत ल्याएकी छिन् । दुवै उम्मेदवार बीचको मतान्तर १५ मतको मात्रै छ । 

उपमेयरमा एमालेकै अग्रता छ । एमालेका अम्बिकाप्रसाद खनालले ७ हजार ५ सय ९२ मत ल्याएका छन् । गठबन्धनबाट उपमेयरकी उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईले ७ हजार २ सय ३१ मत ल्याएकी छिन् । 



 


Author

थप समाचार
x