स्थानीय तह निर्वाचन २०७९

मध्यपुर थिमीमा ज्वाइँलाई हराउँदै जेठान बने मेयर

इकागज |
जेठ ४, २०७९ बुधबार ७:५८ बजे

काठमाडौँ– मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनले एमालेबाट मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । मदनसुन्दर सुरेन्द्रका ज्वाइँ हुन् ।


सुरेन्द्रले १५ हजार ९८ मत  ल्याएर विजयी भएका हुन् । मदनसुन्दरले भन ११ हजार ३५ मत ल्याएका छन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् । सुरेन्द्रकी बहिनी सुजाता श्रेष्ठ मदनसुन्दरकी श्रीमती हुन् । जित पछि आफ्ना जेठान सुरेन्द्र सहितको टिमलाई मदनसुन्दरले बधाई तथा शुभकामना दिएका छन् । उनले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
 


मदनसुन्दर २०७४ सालमा मध्यपुर थिमीमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका अष्टकुमार कवेलाई पराजित गरेर मेयर बनेका थिए । अष्टकुमारले १० हजार ८ सय ४६ मत ल्याउँदा मदनसुन्दरले १४ हजार मत ल्याएर विजयी भएका थिए ।


मध्यपुर थिमि नगरपालिकामा जम्मा नौ वडा छन् । जसमध्ये कांग्रेसले ६ वटा वडामा जित हासिल गरेको छ । एमालेले २ र नेमकिपाले एउटा वडा जितेका छन् । मध्यपुरमा ४१ हजार ८ सय ४२ जना मतदाता छन् । जसमा पुरुष २० हजार ५३२, महिला २१ हजार ३०८ र अन्य ३ जना छन् ।
 


Author

थप समाचार
x