एमाले नेता सुवास नेम्वाङकाे गृहनगर इलाममा कांग्रेसको जित
काठमाडौं– एमाले नेता सुवास नेम्वाङको गृहनगर इलाममा नेपाली कांग्रेसले मेयर उपमेयर दुवै पदमा जित हासिल गरेको छ । मेयर पदमा कांग्रेसका उम्मेदवार केदार थापाले १३ हजार १ सय ६५ मत ल्याएर जितेका हुन् । उनका प्रतिस्पर्धी एमालेका धिरेनकुमार चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याएका छन् ।
उपमेयरमा विजयी हुने कांग्रेसकी विष्णुकुमारी लिम्बुले १३ हजार ५ सय ४२ मत ल्याएकी छिन् । उनको प्रतिस्पर्धी एमालेकी सीतादेवी रिजालले १०ं हजार ८८ मत ल्याएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया