स्थानीय तह निर्वाचन २०७९

झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार ८:४४ बजे

काठमाडौं–झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई हराउँदै कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । मेयर पदमा राप्रपाका उम्मेदवार अन्जार आलमलाई हराउँदै कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशी  विजयी भएका छन् । उनले ११ हजार ४ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आलमले ६ हजार ६ सय ६७ मत मात्रै ल्याए । 

यस्तै उपमेयर पदमा  एमालेका नवराज भट्टराईले ८ हजर १ सय ४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८ सय २ मत ल्याएकी छिन् । अघिल्लो निर्वाचनमा कचनकवल राप्रपाले जितेको थियो । राप्रपाको बलियो पकड मानिएको यस पालिकामा राप्रपालाई हराउन कांग्रेस र एमालेले गठबन्धन गरेर चुनाव लडेका थिए । 
 



Author

थप समाचार
x