स्थानीय तह निर्वाचन २०७९

बाजुराको त्रिवेणीमा कांग्रेस विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार ९:९ बजे

काठमाडौं–बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । मेयर पदमा कांग्रेसका कर्णबहादुर थापाले ४ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका मोतीसिंह बुढाले ३ हजार ५ सय ८६ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकी कमलाकुमारी जैशी (न्यौपाने) विजयी भइन् । उनले ४ हजार ७ सय ४१ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी माओवादीका मनराजे बुढाले ३ हजार ९४ मत ल्याए । 
 



Author

थप समाचार
x