स्थानीय तह निर्वाचन २०७९

डोटीको शिखर नगरपालिकामा  कांग्रेस विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार १०:१७ बजे

डोटी–डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । कांग्रेसले मेयर र उपमेयर सहित ७ वटा वडामा जित हासिल गरेको हो । नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार दीर्घ बलायर ६ हजार ५६२ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरे । 

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार सुनिता रावल (जोरा) ले ६ हजार ४२६ मत ल्याउँदै विजयी भइन् । उनका प्रतिद्वन्द्वी एमालेकी उमेदवार लक्ष्मी देवी मल्लले ४ हजार ६४५ मत प्राप्त गरिन् । यसैगरी, नगरका ११ वटा वडाहरू मध्य ७ वडामा कांग्रेस र ४ वडामा एमाले उमेदवार विजयी भएका छन् ।



Author

थप समाचार
x