स्थानीय तह निर्वाचन २०७९

पोखरामा धनराजको एकोहोरो अग्रता, एमालेका थापाभन्दा १८४५

इकागज |
जेठ ४, २०७९ बुधबार १०:१७ बजे

पोखरा– पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले आचार्यले १४ हजार ३ सय ६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

आचार्यले ३४ हजार ६ सय १६ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ८ सय ४५ बनाएका छन् । उनलाई एमालेका थापाले १२ हजार ५ सय १७ मत ल्याएर पछ्याइरहेका छन् ।


त्यस्तै मेयर मै राप्रपाका शंकर खरालले १ हजार ६ सय ८३ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ८ सय १५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मदवार कोपिला रानाभाटले अग्रता कायम राखेकी छिन् । रानाभाटले १४ हजार ६ सय ८५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले १४ हजार २ सय ७५ मत ल्याएकी छिन् । राप्रपाकी रञ्जना सेनले १ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् ।


Author

थप समाचार
x