मनरा शिसवा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी
महोत्तरी– महोत्तरीको मनरा शिसवा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मोहन पाण्डेयले ५८८४ मत प्राप्त गर्दै मेयर पदमा निर्वाचित भएका हुन् ।
पाण्डेयले जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार महेन्द्र रायलाई पछि पारे । रायले ४९२० मत प्राप्त गरे ।
उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार शकुन्तला देवी विजयी भइन् । उनले ५७४५ मत प्राप्त गरिन् । शकुन्तलाले जनता समाजवादीकी निर्मला कुमारी देवी सिंहलाई पछि पारिन् । सिंहले ४८४२ मत प्राप्त गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया