दाङको तुलसीपुरमा एमालेको अग्रता, खड्का कांग्रेसका गिरीभन्दा २० मतले अगाडि
दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् ।
उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले ५२८ मत पाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया