स्थानीय तह निर्वाचन २०७९

विराटनगरको मेयरमा कांग्रेसका नागेशले बनाए फराकिलो मतान्तर

इकागज |
जेठ ४, २०७९ बुधबार १२:३४ बजे

काठमाडौँ–मोरङको विराटनगर महानगरपालिको मेयरमा कांग्रेसका नागेश कोइरालाले एमालेका उम्मेदवार सागर थापालाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । एमालेका सागर थापालाई ३ हजार ३  सय ३९ मतान्तरले पछाडि पारेका छन् । कोइरालाले १४ हजार ६१ मत ल्याएका छन् भने एमालेका थापाले १० हजार ६ सय ९२ मत ल्याएका छन् ।  


यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेशकुमार यादवले ४ हजार ५ सय १ मत ल्याएका छन् । विवेकशील साझा पार्टीका अमलेशकुमार कर्ण (कायस्थ)ले १ सय ५२ मत ल्याएका छन् । राप्रपाका प्रह्लादप्रसाद साह हलुवाई  २ हजार ६ सय २७ मत ल्याएका छन् । 



उपमेयरमा एमालेकी शिल्पा कार्की अग्र स्थानमा छिन् । उनले १२ हजार २ सय ३२ मत ल्याएकी छिन् । दोस्रो स्थानमा रहेका जसपाका अमेरन्द्र यादव ७ हजार ४ सय ४० मत ल्याएर उनलाई पछ्याउँदैछन् । 
 


Author

थप समाचार
x