स्थानीय तह निर्वाचन २०७९

पोखरामा धनराजको अग्रता कायमै

इकागज |
जेठ ४, २०७९ बुधबार १३:० बजे

पोखरा–पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झण्डै २ हजारले बढाएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ३६ हजार ८ सय १३ मत गन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ९ सय ५९ बनाएका छन् । आचार्यले १५ हजार २ सय ८८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका थापाले १३ हजार ३ सय २९ मत ल्याएर पछ्याइरहेका छन् ।


त्यस्तै मेयर मै राप्रपाका शंकर खरालले १ हजार ५ सय ५६ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ८ सय ६६ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता कायम राखेकी छिन् । रानाभाटले १५ हजार ५ सय ९५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत ल्याएकी छिन् । राप्रपाकी रञ्जना सेनले १ हजार ३ सय २३ मत प्राप्त गरेकी छन् ।



Author

थप समाचार
x