स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा मतान्तर फराकिलो बनाउँदै रेनु, १७१२ मतले पछाडि एमालेका सुवेदी

इकागज |
जेठ ४, २०७९ बुधबार १३:१३ बजे

काठमाडौं – चितवनको भरतपुर महानगरको मेयरमा सत्तारु९ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् । 

२७ हजार ४३८ मतगणना हुँदा रेनुले ९ हजार ९७० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ८ हजार २८५ मत पाएका छन् । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर १ हजार ७१२ छ । 


सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत पाएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ मतसहित अग्रता कायमै राखेका छन् । एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् । 

त्यस्तै, भरतपुर महानगरपालिका–६ को वडाध्यक्षमा नेपाली का‌ग्रेसका कृष्णलाल श्रेष्ठ विजयी भएका छन् । एमालेका डोलनारायण अधिकारीलाई हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन् । 


Author

थप समाचार
x