कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ को वडा सदस्यमा श्रीमान–श्रीमती निर्वाचित
काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान–श्रीमती विजयी भएका छन् । निर्वाचित हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् ।
उनीहरु फरक–फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन् । सन्दीप नेकपा एमालेबाट र कमला नेपाली कांग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया