स्थानीय तह निर्वाचन २०७९

कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका भट्ट निर्वाचित

इकागज |
जेठ ४, २०७९ बुधबार १३:४६ बजे

कैलाली – कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका छन् । भट्टले १५ हजार ५ सय १ मत पाउँदा एमालेका भट्टले ११ हजार २ सय २४ मत पाएर मेयर बनेका हुन् ।

उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो मत अन्तरले पराजित गर्दै कांग्रेसका भट्ट निर्वाचित भएका हुन् । 


त्यस्तै, उपप्रमुखमा भने एमालेकी शारदा रोकाया विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रत्ना कडायतलाई ६ सय ८७ मत अन्तरले पराजित गरिन् । रोकायाले १० हजार ६ सय ७० मत प्राप्त गरिन् भने कडायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरिन् ।

नगरमा कांग्रेसले ७ वडा जितेको छ भने एमालेले ४ वडा जितेको छ । एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेको छ ।


Author

थप समाचार
x