स्थानीय तह निर्वाचन २०७९

खानीखोलमा र भुम्लुमा गठबन्धनबाट माओवादी केन्द्र विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार १३:५९ बजे

काठमाडौँ- काभ्रेको खानीखोला गाउँपालिका र भुम्लु गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन खानीखोला गाउँपालिकाका उम्मेदवार इन्द्रबहादुर थिङ अध्यक्षमा र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दोर्जेमान जिम्बा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षका उम्मेदवार थिङले ४ हजार ४ सय ८५ मत र जिम्बाले ४ हजार ३ सय २८ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शेखर लामाले ३ हजार एक सय ५५ मत र उपाध्यक्षका उम्मेदवार रुक्मिणी गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरी पराजित भएकी छन् । अध्यक्षमा एक हजार ३ सय ३० मत र उपाध्यक्षमा एक हजार ३ सय ४१ मतान्तरले थिङ र जिम्बा विजयी भएका छन् । उक्त गाउँपालिकामा माओवादी केन्द्रले ४ वडा, कांग्रेसले २ वडा र एमालेले एक वडा जितेका छन् ।


काभ्रेमा हालसम्म दुई वटा पालिकाको मत परिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार भुम्लु गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट अध्यक्ष प्रेम बहादुर भुजेल (बृहत) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रमान लामा (दावा) निर्वाचित भएका छन् । भुजेलले ५ हजार ७ सय ९२ मत र लामाले ६ हजार ९८ मत ल्याएर विजयी भएका हुन् । उनीहरूका प्रत्यासी नेकपा एमालेका उम्मेदवार अध्यक्षमा प्रेम लामाले ४ हजार ५ सय ६८ मत र उपाध्यक्षका उम्मेदवार कल्पना श्रेष्ठले ४ हजार २९ मत प्राप्त गरेर पराजित भएका थिए ।


Author

थप समाचार
x