चितवनको कालिका नगरपालिकामा एमाले विजयी
चितवन–चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी विजयी भएका छन । रेग्मीले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका शिवराम केसीलाई १४३ मतको झिनो मतले हराएका हुन् । विजयी रेग्मीले १० हजार ७ सय १४ मत ल्याउँदा केसीले १० हजार ५ सय ७१ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा एमालेकै बिमला लामा विजयी भएकी छिन् । लामाले गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी सविता लामालाई पराजित गरेकी हुन् । विमलाले १० हजार ४ सय ४९ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी सविताले ९ हजार ६ सय ८८ मत ल्याइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया