दोधारा चाँदनीमा एमालेका लिम्बू मेयरमा निर्वाचित
फाइल फोटो
कञ्चनपुर - दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित भएक हुन् । लिम्बूले सात हजार १०४ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित भएकी छिन् । उनले छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरेकी छिन् ।
२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।
१० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक पालिकामा जित निकालेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया