काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा ८५०२ मतले अगाडि
काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । अहिलेसम्म गणना भएको ४५ हजार ४३ मतमा
बालेनले १७ हजार ५ सय ५८ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ५६ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिहंको खातामा ८ हजार १ सय २८ मत चढेको छ ।
बालेनले स्थापितभन्दा ८ हजार ५ सय २ र सिर्जनासँग ९ हजार ४ सय ३० मतको दूरी राखेका छन् ।
अहिले वडा नम्बर २८ को पनि मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाममा बालेन पछि परेका छन् । २०० मतगणना हुँदा स्थापितले सबैभन्दा धेरै ६०, बालेनले ४६ र सिर्जनाले ३३ मत पाएकी छन् ।
वडा नम्बर ७ मा भने एमालेका स्थापितलाई भन्दा कांग्रेसकी सिर्जनालाई बढी मत मिलेको छ । अहिलेसम्म ७ नम्बर वडाको ६ सय मतगणना हुन बालेनले २८१, सिर्जनाले ९३ र स्थापितले ८८ मत पाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया