स्थानीय तह निर्वाचन २०७९

ललितपुरमा चिरीबाबुकै अग्रता, उपमेयरमा उम्मेदवारविहीन कांग्रेसलाई ३५०९ मत

इकागज |
जेठ ४, २०७९ बुधबार १६:४ बजे

ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले मतान्तर फराकिलो बनाइरहेका छन्  । अहिलेसम्म गनिएको २३ हजार ५ सय ६२ मतमा चिरिबावुले १२ हजार ८ सय ५८ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ६ हजार ४ सय ४० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका अष्टबहादुर महर्जनले १ हजार ५५ मत पाएका छन् । 


त्यसतै, उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य ६ हजार ७ सय ७७ मतसहित अग्रता लिइरहेकी छन् । नेकपा माओवादी केन्द्रका बावुराज बज्राचार्यले ५ हजार ३९ मत पाएका छन् । 

उपमेयरमा उम्मेदवारविहीन कांग्रेसको चुनाव चिह्न रुखमा ३ हजार ५ सय ९ मत खसेको छ । 


Author

थप समाचार
x