स्थानीय तह निर्वाचन २०७९

सहमतिपछि पोखरामा मतगणना पुनः सुरु

इकागज |
जेठ ४, २०७९ बुधबार १७:५३ बजे

पोखरा – पोखरामा महानगरपालिकामा विवाद समाधान भएपछि ७ मतगणना पुनः सुरु हुने छ । विवादमा संलग्न ३ जना प्रतिनिधिले माफी माग्नुका साथै मतगणनास्थलमा नबस्ने सहमतिपछि वडा नम्बर ७ को मतगणना हुने भएको हो ।

पोखरा वडा नम्बर ७ को मतगणनाका क्रममा प्रतिनिधिबीच विवाद भएपछि केही समयका लागि मतगणना स्थगित भएको थियो । मतगणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले प्रश्न उठाएपछि विवाद भएको थियो ।


पोखरामा १० स्थानबाट मतगणना चलिरहेको छ ।

अहिलेसम्मको मतगणनामा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य १६ हजार ४१९ मतसहित पहिलो स्थानमा छन् । आचार्यलाई नेकपा एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापा १४ हजार ३८४ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । 
 


Author

थप समाचार
x