स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनु २२०५ मतले अगाडि

इकागज |
जेठ ४, २०७९ बुधबार २०:९ बजे

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् । 

३१ हजार ७ सय ९३ मतगणना हुँदा रेनुले ११ हजार ७ सय ५० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ९ हजार ५ ४५ मत पाएका छन् । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर २ हजार २ सय ५  छ । 


स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार १ सय ७१ मत पाएका छन् । ​उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ९ सय ३८ मतसहित अग्रता कायमै राखेका छन् । हिमला गुरुङले ७ हजार ७ सय ५० मत पाएकी छन् ।  

 


Author

थप समाचार
x