स्थानीय तह निर्वाचन २०७९

बागलुङको काठेखोला अध्यक्षमा कांग्रेसका थापा विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार २०:५० बजे

बागलुङ- बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले सात हजार ७५० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर कार्कीले छ हजार ३८३ मत प्राप्त गरे ।

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक निर्वाचित भए। उनले छ हजार ७१२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका कोपिला पुनले छ हजार ४४७ मत पाइन्। काठेखोला गाउँपालिकामा कांग्रेसले चार, नेकपा एमालेले तीन र राजमोले एक वडा जितेका छन् ।



Author

थप समाचार
x