स्थानीय तह निर्वाचन २०७९

इलामको रोङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार २२:१ बजे

फाइल फोटो

इलाम - इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङ्बो तामाङ (सुवास) निर्वाचित भएका छन् । 

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मेहरमान तामाङलाई पछि पार्दै उनी विजयी भएका हुन् । विजयी सुवासले चार हजार ६७९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेहरमानले चार हजार ३२२ मत प्राप्त गरेका थिए । 


गाउँपालिकाको उपाध्यक्षमा एमालेकी विष्णुमाया भुजेल विजयी भएकी छिन् । उपाध्यक्षमा विजयी भुजेलले चार हजार ६५६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी कल्पना खनाल भण्डारीले चार हजार १९७ मत प्राप्त गरेकी थिइन् । 

६ वटा वडा रहेको रोङ गाउँपालिकाको तीन वटा वडाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । दुई वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भए भने वडा नं २ मा स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवार विजयी बने । रासस 


Author

थप समाचार
x