स्थानीय तह निर्वाचन २०७९

स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार २२:२२ बजे

फाइल फोटो

स्याङ्जा - चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका छन् 
 उनले सात हजार ४९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए । 

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भइन् । उनले सात हजार ४१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याइन् । कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएको छ । 


चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो ।
रासस


Author

थप समाचार
x